‘एनएमबीको एटिएममा साढे १२ फिटकाे खुकुरी हानेका थिए 'कुमाल'
पाेखरा | असोज ४, २०७९
कास्की: पोखरा महानगरपालिका ६ लेकसाइडस्थित एनएमबी बैकको एटिएम मेशिन तोडफोड गर्ने १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भई हाल पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने वर्ष २५ वर्षिय मनोज कुमाल रहेका छन् ।
पक्राउ परेका कुमालले आज बिहानै करिब ४ बजे खुकुरी प्रयोग गरी तोडफोड गरी नगद चोरी गर्न प्रयास गरेका थिए ।
सोही सुचनाको आधारमा कास्की प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले बताए ।
उनका अनुसार पक्राउ परेका कुमालको साथबाट साढे १२ फिट लामो फलामको खुकुरी बरामद गरिएको छ । ‘हामीले नियन्त्रणमा लिएका छाैं । कुमालले साढे १२ फिटको खुकुरी प्रयोग गरिएको पाइएको छ,इन्सपेक्टर खड्काले भने, 'अहिले कास्की जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दा दर्ता गरि ७ दिनको म्याद थपी आवश्यक अनुसन्धान गरिरहेका छौं ।’
यसअघि हिजो (सोमबार) मात्रै पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको एटिएम फोड्न प्रयास गरेका पोखरा महानगरपालिका १६ बस्ने २२ वर्षिय सन्दिप बस्नेतलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।
यसैगरि सोही घटनामै संलग्न रहेका पोखरा १६ बस्ने १९ वर्षिय अनिश रानालाई भाग्ने क्रममा पक्राउ गरिएको थियो ।
उनीहरुलाई पनि जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

